जापानको अग्रता कायमै, चीन दोस्रो र अमेरिका तेस्रो
khabarhub.com · Wed Jul 28 16:53:36 GMT 2021
काठमाडौँ– टोकियो ओलम्पिकको बुधबारको खेल सकिँदा आयोजक जापानले अग्रता लिएको छ । जिम्न्यास्टिकको पदक स्वर्ण जितेर जापानले १३ स्वर्णसहित अग्रता लिएको हो । चीनको १२ र अमेरिकाको ११ स्वर्ण पदक छ ।
बिहान टुङ्गो लागेको ११ मध्ये अस्ट्रेलियाले तीन स्वर्ण जितेको थियो । रोइङको महिला डबल्स स्कल्समा रुमानियाले स्वर्ण, न्युजिल्यान्डले रजत र नेदरल्यान्ड्सले कांस्य पदक पाए । यसैगरी, पुरुषको स्पर्धामा फ्रान्सले स्वर्ण, नेदरल्यान्ड्सले रजत तथा चीनले कांस्य पदक जिते ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)