अदालतको केही काम कारबाही बढाइने
baahrakhari.com · Fri Apr 10 17:45:00 UTC 2020
काठमाडौं । सर्वोच्च अदालतले न्यायालयका काम कारबाहीलाई बढाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका न्यायाधीशको शुक्रबार बसेको पूर्ण बैठकले न्यायालयका काम कारबाही बढाउने निर्णय गरेको हो ।
विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि सर्वोच्च अदालतले यही चैत १२ गते बसेको पूर्ण बैठकले सर्वोच्चसहित देशभरका अदालत अति आवश्यक परे मात्र इजलास बस्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)