नाबालिग बलात्कारको सफाइ नपाउँदै राष्ट्रिय टोलीमा सन्दीप
ekantipur.com · Fri Feb 10 00:58:18 GMT 2023
काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई समेट्दै नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दै सन्दीपलाई पनि समेटेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सातासम्म चल्ने खेल फागुन २ देखि सुरु हुनेछ । नेपालको टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, भीम सार्की र सूर्य तामाङ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)