विवादास्पद कार्यक्रम बजेटबाट फिर्ता लिन माग
ekantipur.com · Fri Jun 03 00:53:43 GMT 2022
काठमाडौँ — आगामी आर्थिक वर्षका लागि बजेटमार्फत ल्याइएका कतिपय योजना फिर्ता लिन र कतिपयमा सुधार गर्न सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सरकारलाई सुझाव दिएका छन् । बजेटका केही कार्यक्रमलाई कायमै राख्ने हो भने मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्ने उनीहरूले बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बिहीबार आगामी वर्षको बजेटमाथि छलफल गर्ने क्रममा सांसदहरूले विद्युतीय सवारीमा लगाएको कर, स्वास्थ्य बिमा कार्यक्रम निजी कम्पनीलाई दिने योजना, विभिन्न क्षेत्रमा करको दर हेरफेर, वृद्धभत्ता ६८ वर्षमै दिनेजस्ता कार्यक्रम पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् । सरकारको नेतृत्वमा रहेको दल कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले बजेटबारे सरकार र अर्थमन्त्री जनार्दन शर्मालाई शंकामिश्रित ८ प्रश्न राखे । ‘खर्च गर्ने क्षमता नभएर चालु आर्थिक वर्षमा अर्थमन्त्रीले बजेट कटौती गर्नुभयो । हाम्रो स्रोत व्यवस्थापन र खर्च क्षमता अभिवृद्धि गर्ने कुरामा के नयाँ गर्दै छौं ?’ उनले प्रश्न गरे, ‘सांसदलाई कुन आधार र तथ्यमा टेकेर यो बजेटको आकार ल्याएको छु भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?’ उनले राजस्व उठाउने लक्ष्यबारे पनि आशंका गरे । ‘यति धेरै राजस्व बढाउँछु भन्दै गर्दा मलाई कसरी आश्वस्त पार्नुहुन्छ ? अनुमान गरिएको स्रोत यथार्थपरक छ भन्ने आधार के हो ?’ उनको प्रश्न थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)