विश्वकप फुटबल हेर्न अब शुल्क तिर्नुपर्ने
rajdhanidaily.com · Wed Nov 16 22:56:44 GMT 2022
काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्न ‘शुल्क लिन पाइने कि नपाइने ?’ विवाद टुंगो लगाएको छ । अधिवक्ता किशोर पौडेलद्वारा मिडिया हबलाई विपक्षी बनाएर दायर रिटको बुधबार सर्वोच्चले सुनवाइ गर्दै विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रसारण विवादमा ‘शुल्क उठाउने कुरा स्वेच्छिक भएको र केही खेल निःशुल्क हेर्न पाइने’ भनेको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ‘नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट प्रचलित कानुनबमोजिम स्वीकृति लिई तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी दिन प्रचलित विनिमय दरमा सटही सुविधा प्रदान भई प्रसारण गर्न खोजेको’ उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)