अदालतमा एमालेले हान्यो भने के हुन्छ ?
janaaastha.com · Fri Feb 18 15:45:07 GMT 2022
मानौँ, एमालेले उसको सरकार ढाल्नका लागि परमादेश जारी गरेका नाममा संवैधानिक इजलाशका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता नै गरेछ । तर, त्यसपछिको अदालत र देशको राजनीति कस्तो होला ? केही घटनाक्रम र केही अनुमानित तथ्यहरु स्मरण गरौँ ।
यदि, एमालेले जवाफी महाभियोग लगायो भने अहिले कायममुकायम मुकर्रर प्रधानन्यायाधीश दिपक कार्की (असोजसम्म कार्यकाल बाँकी), उहाँपछिको वरिष्ठतम् भएकाले न्यायपरिषद् सदस्य हुने मीरा खड्का (जेठ), न्यायिक विद्वतामा कहलिएका ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन श्रेष्ठहरु पनि स्वतः निलम्बनमा पर्नुहुन्छ । र, सीधै पालो आउँछ, हरिकृष्ण कार्कीको । एमालेको चश्माबाट झट्ट हेर्दा त ‘हरिकृष्ण कामु प्रधानन्यायाधीश हुने बाटो’ खुल्यो भनेर निक्कै राम्रो देखिँदो हो । तर, खास दृश्य डरलाग्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)