आमाछोरी हत्या आरोपित तीन जना पुर्पक्षका लागि थुनामा
ekantipur.com · Fri Jul 28 16:41:01 GMT 2023
रौतहट — रौतहटको मौलापुर नगरपालिका–४ पतौरामा आमाछोरीको हत्या आरोपमा परिवारका तीन सदस्यलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । हत्याको आरोपित एकजना अझै फरार छन् ।
गएको असार १५ गते बिहान पतौराका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेको थियो । बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरको सिँढीमुनि शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले हत्या आंशकामा अनुसन्धान अघि बढाएको थियो । घटनापछि मृतक कविताका श्रीमान् धीरेन्द्र साह, सासु मैनादेवी साह र जेठानी निशा देवीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । ससुरा नागेन्द्र साह अहिले पनि फरार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)