नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु
barnanmedia.com · Thu Aug 01 22:17:05 UTC 2024

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु भएको छ । आर्थिक प्रशासन हेर्ने एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा एक जना इञ्जिनियरलाई पनि यसै प्रयोजनार्थ सामेल गरिएको छ ।
अन्य सदस्यमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् । तिवारीलाई सम्भावित जिन्सी सामान घोटालाको आशंकामा छानबिनका लागि राखिएको स्रोतको दाबी छ । प्रहरीमा सिभिल र कम्प्युटर गरेर दुईथरि इञ्जिनियर हुन्छन् ।अन्य सदस्यमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)