मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध बरामद

rajdhanidaily.com · Thu Aug 01 23:12:54 UTC 2024

पोखरा । कास्कीमा अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ । हाल प्रचलित बजार झण्डै ५० लाख रहेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार गरी जनाएको हो ।

पोखराको न्यूरोडस्थित होटल दीपदर्शनमा लुकाइछिपाइ राखेको अवस्थामा १६ साउनमा बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । उक्त अभियोगमा होटल संचालक ३७ वर्षीया इन्दुदेवी श्रेष्ठ र म्यानेजर २५ वर्षीय मिलन पौडेल पक्राउ परेका छन् । श्रेष्ठ तनहुँको शुक्लागण्डकी ८ की हुन् भने पौडेल स्याङ्जा आँधीखोला गाउँपालिकाका हुन् । उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)