मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा नीति बहस : कांग्रेसले रूखमा मात्रै भोट हाल्न पाउने कि नपाउने ?

annapurnapost.com · Mon Feb 19 01:00:16 GMT 2024

काठमाडौं : कांग्रेस संस्थापन इतर पक्षको स्पष्ट एजेन्डा छ– अबका कुनै पनि चुनावमा गठबन्धन नगर्ने। कांग्रेस एक्लै चुनावमा जाने।’ महासमितिको बैठकबाट यो विषयमा नीतिगत निर्णय गराउने अडानमा छ, संस्थापन इतर पक्ष। तर, संस्थापन पक्ष भने चुनावी गठबन्धनबारे अहिल्यै नीति बनाउन नहुने अडानमा छ। पार्टीले यस्तो नीति लिए हालकै सत्तागठबन्धनमा असर पर्ने सभापति शेरबहादुर देउवा पक्षको बुझाइ छ। त्यसैकारण महासमिति बैठकमा ‘एक्लै जाने कि गठबन्धनको संस्कृति’ अनुसार अघि बढ्ने भन्ने एजेन्डामा कांग्रेसभित्र पेचिलो बहस हुने नेताहरू बताउँछन्।

कांग्रेस महामन्त्री गगन थापाले अबका कुनै पनि चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने राजनीतिक एवं सांगठानिक प्रतिवेदन पार्टीमा पेस गरे। केन्द्रीय कमिटी हुँदै यो प्रस्ताव सोमबारबाट सुरु हुने महासमिति बैठकमा पेस हुँदै छ। महामन्त्री थापाको यो प्रस्तावका पक्षमा डा. शेखर कोइराला पक्षीय नेताहरू अडिग छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)