सापटीको रकम फिर्ता लिन जाँदा वर्कसपमै पुरिए राहुल
rajdhanidaily.com · Mon Mar 31 23:15:19 GMT 2025

काठमाडौं । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल साह गत ११ चैतको साँझ आफू बस्दै आएको गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारास्थित घरबाट निस्किए । उनी आफ्नो परिवारका सदस्यले सापटी दिएको रकम लिन जान्छु भनेर निस्किएका थिए । प्रहरी अनुसन्धानमा खुलेअनुसार खासमा उनको पारिवारिक सदस्यले चक्रघट्टा–१ घर भई बाहुनधारामै बस्दै आएका २२ वर्षीय निपु मण्डललाई १ लाख १० हजार रुपैयाँ सापटी दिएका थिए । निपुले माकलबारीमै आरके मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका छन् ।
सापटीको रकम लिन आरके मोटरसाइकल वर्कसपमा पुगेका राहुल त्यहीँ नै विलिन भए । जोरपाटीस्थित भेनस पब्लिक स्कुलमा ११ कक्षामा अध्ययनरत राहुलले सापटी रकमकै कारण त्यहीँ नै ज्यान गुमाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)