सर्वोच्चका न्यायधीशबीच विभाजन : केही न्यायधीश इजलाशमा फर्कने !
nepalbahas.com · Mon Nov 15 16:41:52 GMT 2021
२९ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायधीशरुबीच फाटो आएको छ । प्रधानन्यायाधीशको बहिर्गमन माग गर्दै इजलास बहिष्कार गरेर अघोषित हड्तालमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच फाटो आएको हो ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले बारसँग वार्ता गर्न तयार भएको तर बारले वार्तामा वस्न अस्वीकार गरेलगत्तै सर्वोच्चका पाँच न्यायधीशले मंगलबारबाट मुद्धा हेर्नेगरी इजलाशमा फर्कने भएपछि न्यायधीशहरु स्पष्ट रुपम ाविभाजित भएका हुन् । संविधानबाहिरबाट प्रधानन्यायाधीश हटाउन खोज्ने र जनताको न्यायको हकविपरीत इजलास बहिष्कार गर्ने कुरामा सुरूदेखि नै असहमत रहेका पाँचजना न्यायाधीश आजबाट सामूहिक छलफलमा सहभागी भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)