प्रचण्ड–माधवको भूमिका : संसदमा स्वीकृति, सडकमा बबण्डर
lokaantar.com · Mon Feb 21 01:00:04 GMT 2022
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी आइतबारको प्रतिनिधिसभामा पेश हुँदा सत्तारुढ दलभित्रका मुख्य दुई घटक नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै आलोचना भएको छ । प्रतिनिधिसभामा एमसीसी पेश गर्न माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले दोहोरो भूमिका खेलेको भन्दै आलोचना भएको हो ।
प्रचण्ड र नेपालले सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न स्वीकृति दिएपछि नै संसदीय प्रक्रिया अघि बढेको थियो । यस्तै संसद बैठकमा पनि एमसीसी टेबल हुँदैगर्दा ती पार्टी सशक्त रुपमा विरोधमा देखिएनन् । तर, सडकमा भने फरक दृश्य देखियो । बानेश्वरको सडकमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले दिनभर प्रदर्शन गरिरहे । हुन त प्रदर्शनको क्रम केहीदिन यता जारी नै राखेका भएपनि आइतबार बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)