सत्ता स्वार्थमा जोडिए, सत्ता स्वार्थमै टुंगिए
hamrakura.com · Sun Mar 07 17:15:00 UTC 2021
काठमाडौं। तीन वर्ष अघि तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीले सत्ता स्वार्थबाट प्रेरित भएर संघीय संसदको निर्वाचनमा दुई पार्टीको चुनावी गठबन्धन गरे । एउटै घोषणपत्रमा निर्वाचनमा भाग लिए र जनतामा गए । जनताले पनि पत्याइदिए झण्डै दुई तिहाइ मत दिएर सरकारमा पठाए ।
दुई तिहाइ मतको हाराहारीमा पुगेको नेपालको कम्युनिष्ट पार्टीले बलियो सरकार बनायो । त्यसको नेतृत्व हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार २०७४ साल फागुनमा बनेको थियो । सरकार बने यता प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपाल भन्ने आकर्षक नारा ल्याए । झट्ट हेर्दा र सुन्दा यि र यस्तै नाराले जनताको ध्यान खिच्यो पनि ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)