जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्ने अधिकांशको पृष्ठभूमि आपराधिक
barnanmedia.com · Tue Nov 11 15:59:39 GMT 2025

जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ मा किशोरहरूको ज्यान जानेगरी गोली चलेपछि भोलिपल्ट देशभर उच्छृङ्खल घटना भए । सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय र निजी सम्पत्तिमा आगजनी गरियो । उच्छृङ्खल जत्थाले प्रहरीका सवारी साधन र निजी सवारीमा पनि आगजनी गरे । प्रहरीका युनिफर्म र हतियार लुटे ।
उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अहिलेसम्म मुलुकभरबाट ४२९ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता ९डीआईजी० अबि नारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘४२९ जनालाई पक्राउ गरेर कसुरअनुसारको मुद्दामा अनुसन्धान भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)