सर्वोच्चमै कानुन व्यवसायीमाथि धरपकड
ekantipur.com · Fri Nov 12 00:56:44 GMT 2021
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीमाथि सर्वोच्च अदालत परिसरमै प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल बार एसोसिएसनको भवनबाट सर्वोच्च अदालतको प्रांगणमा पुगेर कानुन व्यवसायीले विरोध कार्यक्रम गर्न लाग्दा प्रहरीले बल प्रयोग गरेको हो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोलन गर्दै आएको बारले बिहीबार सर्वोच्च अदालत प्रांगणमै विरोध कार्यक्रम गर्न खोजेको थियो । यसअघि बिहान साढे १० बजे बारको प्रांगणमा जम्मा हुने र हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालतको आँगनमा पुगी शान्तिपूर्वक विरोध गर्ने गरिएको थियो । बिहीबार १ घण्टाको शान्तिपूर्वक विरोध कार्यक्रम सकिएपछि माइकसहित पोडियम राख्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र प्रहरी अधिकारीबीचको कुराकानीपछि कार्यक्रम गर्न लागिएकामा प्रहरीले केहीबेरमै बाहिर जान भन्दै बल प्रयोग गरेको कानुन व्यवसायीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)