नेपाल–भारत संयुक्त आयोगको बैठक : ऊर्जा र पूर्वाधार प्रमुख एजेन्डा
ekantipur.com · Mon Jan 01 01:17:19 GMT 2024
काठमाडौँ — नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगको सातौं बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने भ्रमणमा बिहीबार नेपाल आउने तय भएको छ ।
परराष्ट्रमन्त्रीस्तरीय आयोग दुई मुलुकबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो । प्रधानमन्त्रीको तहपछि नेपाल–भारतबीचको सबैभन्दा महत्त्वपूर्ण बैठकका रूपमा आयोगको बैठकलाई मानिन्छ । बैठकको तयारीका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसियाली महाशाखाले अन्य मन्त्रालयसँग सहकार्य गरेर काम गरिरहेको छ । साथै, काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि भ्रमणका एजेन्डाबारे गृहकार्य गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)