मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन ध्यानाकर्षण

ekantipur.com · Mon Jul 31 00:50:40 GMT 2023

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौंको सुन तस्करी हुँदा करोडौंको राजस्व गुमेकाले समितिको क्षेत्राधिकार आकर्षक भएको निष्कर्ष निकाल्दै लेखाले सरकारलाई उच्चस्तरीय समिति गठन गरी छानबिन गर्न ध्यानाकर्षण गराएको हो ।

समितिको आइतबारको बैठकले ठूलो परिमाणको सुन तस्करीले अन्तर्राष्ट्रियस्तरमै नेपालको साख धमिल्याउने काम गरेकाले सत्यतथ्य पत्ता लगाउन र कारबाही गर्नका लागि उच्चस्तरीय समिति गठनमा जोड दिएको हो । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले भने, ‘केही दिनपहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा भित्रिएको सुन तस्करीको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न अधिकारसम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)