कहाँ पुग्न चाहन्छन् ओली ?
nepallive.com · Thu Apr 01 16:54:00 GMT 2021
काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो शक्ति अभ्यासमा तीव्र गतिमा अघि बढेका छन्। उनले सोमबार आफ्नै सहयात्री तथा १५ वर्ष पार्टीको नेतृत्व गरेका प्रमुख नेता माधवकुमार नेपाललाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेतबाट निलम्बन गरे। निलम्बन हुनेको सूचीमा भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि थपिएका छन्।
यीमध्ये पाण्डे र भुसाललाई ओलीले बिहीबार मात्र ‘कारबाही’को निर्णय सुनाएका हुन्। कारबाहीमा परेका चारै जना एमालेभित्र मात्र होइन, अन्य पार्टी र आम मानिसका बीच पनि 'लोकप्रिय' नेतामा पर्छन्। गत महाधिवेशनमा उनीहरूले पाएको मतले पार्टीभित्र उनीहरूको लोकप्रियता प्रष्ट्याउँछ। तर, ओलीले त्यसको प्रवाह गरेनन्। बरु आफूसँग भएको अन्तिम औजार चलाउने दिशातिर अघि बढे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)