मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जहाज खरिद प्रक्रिया छिट्टै

gorkhapatraonline.com · Mon Nov 27 06:17:33 GMT 2023

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहान खरिद गर्न आवश्यक रहेको र पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निगमले जहाज खरिद प्रक्रिया अघि बढाएपछि पुनर्संरचनाको कुरा उठेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमै पुनर्संरचनाको व्यवस्था गरिए पनि अहिले निगमसँग दैनिक व्यवसाय सञ्चालन गर्न जहाज नरहेको अवस्थामा खरिद प्रक्रियालाई रोक्नु हुँदैन ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)