मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या , घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

barnanmedia.com · Tue Mar 25 22:48:00 GMT 2025

प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)