राष्ट्रपतिमाथि मुद्दा लाग्दैन, भूमिका संविधानसम्मत छ
baahrakhari.com · Fri Jul 09 13:53:00 GMT 2021
काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानका प्रावधानअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चलाई पठाएको लिखित जवाफमा राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीको भूमिका संविधानसम्मत रहेकाे उल्लेख गरेको छ ।
राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले पेस गरेको जवाफमा भनिएको छ, “मिति २०७८।२।२१ मा सम्माननीय प्रधानमन्त्रीज्यूबाट मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न सिफारिस भई आएकोले नेपालको संविधानबमोजिम मिति २०७८।२।२१ मा सम्माननीय राष्ट्रपतिज्यूबाट सिफारिसबमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएकोले रिट निवेदन बदरभागी छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)