मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलविरे झरनाबाट उठ्यो २८ लाख राजस्व 

setopati.com · Sun Aug 20 03:03:15 GMT 2023

जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो। इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ। यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन्। पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ।

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ। झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० रुपैयाँ शुल्क लिने गरिएको छ। स्थानीय र विद्यार्थीलाई २० रुपैयाँ लिने गरेको गाउँपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)