मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाले रोके पार्टी विभाग गठनको प्रस्ताव

ekantipur.com · Sun Aug 04 23:53:22 UTC 2024

काठमाडौँ — कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको पार्टीका ३७ वटा विभाग गठनको प्रस्ताव सभापति शेरबहादुर देउवाले रोकेका छन् । सभापति देउवाको निर्देशनमा उनीसँगै परामर्श गरेर महामन्त्रीद्वयले तयार पारेको विभागीय प्रमुखको प्रस्ताव कार्यान्वयन नगरिएको हो । महामन्त्रीद्वय थापा र शर्माप्रति यसरी अविश्वास राखेर नेतृत्व अघि बढ्दा संगठनमा असर परिरहेको पार्टी नेताहरूले बताएका छन् ।

कांग्रेसको विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्छ तर दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएका छन् । त्यसमध्ये आधा दर्जनभन्दा बढी विभागमा प्रमुख मात्रै तोकिएका छन् । सबै विभाग गठन गर्दा साढे तीन हजारभन्दा बढी नेता तथा कार्यकर्ता ‘सक्रिय’ हुन्छन् । विधानमा एउटा विभाग ५१ सदस्यीय हुने व्यवस्था छ । महामन्त्री शर्माले साउन २३ मा सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकअघि नै पार्टीका अधिकांश विभाग गठन भइसक्ने विश्वास व्यक्त गरे । ‘एक महिना अगाडिदेखि नै विभाग गठनका लागि परामर्श गर्दै आएका थियौं, पार्टी सभापतिसँगकै परामर्शमा विभागीय प्रमुखको नाम चयन गरेर सभापतिलाई बुझाएका छौं । छिट्टै घोषणा होला,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)