सडक खाली गराएर हिँड्ने परम्परा सच्याउँदै राष्ट्रपति, नागरिकलाई सास्ती नदिईकनै सवारी
nayapatrikadaily.com · Sun Mar 19 00:27:00 GMT 2023
सडक खाली गरेर राष्ट्रप्रमुखको सवारी हुने परम्परालाई राष्ट्रपति रामचन्द्र पौडेलले सच्याएका छन् । राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट २६ फागुनमा पशुपति मन्दिर दर्शनमा निस्किँदा पुरानै शैली अपनाएका पौडेल शनिबार भने कारकेडविना नै वसन्तपुरस्थित कुमारी घरमा पुगेका हुन् ।
पशुपतिको दर्शनमा आलोचना खेपेका पौडेलले कुमारी घर पुग्दा संयमता अपनाए । राष्ट्रपतिको शनिबारको सवारीका कारण आमसर्वसाधारणले सास्ती खेप्नुपरेन । भ्रमणमा सुरक्षाकर्मीले कारकेड प्रयोग गरेन । नयाँ राष्ट्रपति चुनिएसँगै कुमारीको दर्शन गर्ने परम्परा छ । राष्ट्रपति पौडेले अपराह्न ४ बजे कुमारी घर पुगेर जीवित कुमारी देवीको दर्शन गरे । विगतमा राष्ट्रपतिहरू कतै निस्किँदा सडक खाली गर्ने शैलीको जनस्तरबाट व्यापक आलोचना हुने गरेको थियो । भिभिआइपी सवारीमा सर्वसाधारणलाई सास्ती दिन नहुने भन्दै राष्ट्रपति नहुँदै पनि पौडेलले अभिव्यक्ति दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)