मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ

rajdhanidaily.com · Fri Aug 25 23:38:03 GMT 2023

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती रकम लिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ४ जनालाई पक्राउ गरेको छ । धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेलबासे र पर्वतका दिल हादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका मोरङ रंगेली नगरपालिका–२ सबित्रा थापा, उदयपुर, त्रियुगा नगरपालिका– ३ का कृष्ण कार्की र काभ्रेपलाञ्चोक नमोबुद्ध–१ का राजन सत्याललाई ग्रीसमा अपहरण गरी नेपालमा रहेका उनीहरुकाे परिवारसँग सम्पर्क गरी फिराैती रकम मागेकाे प्रहरीकाे भनाइ छ । उनीहरु सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण उनीहरु पुनः लुकी छिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित (पाकिस्तानी) व्यक्ति तथा निजको सहयोगी समेतले अपहरण गरी, डोरीले बाधी शाररिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारहरूसँग १ हजार ५, सय युरो फिरौती माग गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)