बाल मन्दिर प्रकरणमा उपप्रधानमन्त्रीकी दिदी जोगाउन प्रहरीदेखि सरकारी वकिलको बदनियत, अब छिनोफानो गर्ने पालो अदालतको
barnanmedia.com · Wed May 07 23:14:28 GMT 2025

काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा घोटाला प्रकरणमा प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले १७ जनाविरुद्ध मुद्दा चलाएको छ, तर बदनीयत छ। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यलाई जोगाउन हरदम प्रयास गरिएको थियो, तर सरकारमाथि नागरिकको तिव्र दबाबका कारण अन्ततः बुधबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। तर, रितालाई सजिलो पार्न १७ जनालाई नै फरारको सूचीमा राखिएको छ। यसले रिता, गणेशभक्त श्रेष्ठ, नारायण श्रेष्ठ, श्यामकुमार आले, तुलसी नारायण श्रेष्ठ, कृष्णशंकर साह, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रविणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया (भारतीय नागरिक), सिद्धार्थ केडिया (भारतीय नागरिक) र कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)लाई फाइदा पुगेको छ। उनीहरु बाल संगठनका तत्कालीन पदाधिकारी र बृहस्पति विद्या सदनका पदाधिकारी हुन्।पहिलो त ठगी उजुरीमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्छ, अनि मुद्दा अदालत जान्छ। तर, १७ जना प्रहरी थुनामा जानु परेन, अब सिधैं अदालतमा उपस्थित हुनेछन्, अदालतमा थुनछेक बहस भएपछि धरौटीमा रिहा वा पुर्पक्षका लागि थुनामा मध्ये एउटा आदेश हुनेछ। प्रहरी हुँदै अदालतसम्मको चक्कर काट्न नपर्ने अवस्था भने सरकारले गरिदिएको हो। सरकारको छायामा प्रहरीले मुद्दा पनि कमजोर बनाएको छ। साविक मुलुकी ऐनको ठगी महल, मुलुकी अपराध संहिता २०७४ को ठगीसम्बन्धी कसुर अनुसार मुद्दा चलाइएको छ।
बालमन्दिरको नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनलार्ई भाडामा लगाउदा बदमासी भएको थियो। वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)