ओली र नेपालले बनाएको कार्यदलले सार्वजनिक गर्यो १० बुँदे सहमति, नेपाल आफैको भने असहमती
hamrakura.com · Sun Jul 11 00:00:00 GMT 2021
काठमाडौँ। लामो समयदेखि आन्तरिक विवादमा रहका सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच १० बुँदे सहमति भएको छ। आइतबार १३ घण्टा लामो छलफलपछि दुवै समूहका तर्फबाट बनेको कार्यदलले सो सम्झौता गरेको हो। यद्यपि आफैले बनाएको कार्यदलले गरेको सहमतिमा नेपालले असहमति जनाइएको बताइएको छ।
विगत केही समययता पार्टीभित्र देखा परेका असहज र असामान्य अन्तर्विरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित भएको भन्दै उनीहरूले सो सहमति गरेका हुन्। कार्यदलले नेकपा (एमाले)को आन्तरिक जीवन मात्र होइन, मुलुकको राजनीतिक स्थायित्व, अग्रगति र एकता समेत कमजोर हुने हो कि भन्ने आशङ्का बढेर गएको र यस्तो स्थितिको अविलम्ब अन्त्य र विद्यमान समस्याहरूको समाधान गरी पार्टीलाई एकताबद्ध एवम् सुदृढ बनाउन पार्टीका सबै नेता–कार्यकर्ताहरूले सकारात्मक योगदान गर्नु आवश्यक रहेको भन्दै पार्टीको एकताको रक्षा, विकास र सुदृढीकरणका सो सहमति गरिएको कार्यदलका नेताहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)