मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली नोटसहित दुई जना पक्राउ

ratopati.com · Thu Jul 24 17:41:00 GMT 2025

नुवाकोट । नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट रु १ हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानको क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)