मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्स्पेक्टर महत मृत्यु प्रकरणमा २ जना पुर्पक्षका लागि थुनामा

rajdhanidaily.com · Tue Mar 25 23:21:39 GMT 2025

पोखरा । पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बल निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणका २ जना प्रतिवादीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार आत्महत्या दुरुत्साहन मुद्दामा तनहुँ भानु नगरपालिकास्थित सशस्त्रको नम्बर–२३, मनकामना गणमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र पोखरा–१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत् हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)