खोटाङमा बालिका करणी गरेको आरोपमा अहेव पक्राउ
rajdhanidaily.com · Tue Jan 30 23:41:05 GMT 2024
जवरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् ।
मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएकोबेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाका ’boutमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पिडित बराहपोखरी (क १) को दावी छ । घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)