मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साना किसानलाई निःशुल्क वाटरपम्प, ट्युबवेल

ekantipur.com · Sat May 20 01:06:43 GMT 2023

काठमाडौँ — नेपालको खेती प्रणाली मनसुनमा आधारित छ । मुख्यबालीका रूपमा रहेको धान रोपाइँ गर्नसमेत मनसुन कुर्नुपर्ने बाध्यता छ । २५ देखि ३३ प्रतिशत जमिन मात्र सिँचाइ सुविधाको पहुँच छ । अब भने सरकारले साना किसानलाई निःशुल्क वाटर पम्प तथा ट्युबवेल वितरण गर्ने नीति ल्याएको छ । साना किसानहरूलाई सिँचाइका लागि निःशुल्क वाटर पम्प तथा ट्युबवेल वितरण गरिने बताए ।

‘साना किसानका लागि निःशुल्क वाटर पम्प तथा ट्युबवेल वितरण र तराईमा तत्काल सिँचाइ नपुग्ने सुक्खा ठाउँमा वर्षात्को पानी जम्मा गरी सुक्खायाममा प्रयोग गर्न नमुना आयोजनाको अध्ययन गरिनेछ,’ आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘भौगोगिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिँचाइ प्रविधिमार्फत वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराइनेछ । सिँचाइ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयनसमेत गरिनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)