मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ मंसिरदेखि गोलाप्रथा

rajdhanidaily.com · Wed Nov 24 23:06:19 GMT 2021

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न विहीबार ‘फुलकोर्ट’ बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको बैठकमा बिहीबार ‘फुलकोर्ट’ बैठक बसेर पेसी व्यवस्थापनको विषयमा निर्णय गर्ने सहमति भएको छ ।

प्रधानन्यायाधीशबाहेक बसेको न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति गरेको छ । न्यायाधीशहरूको बुधबारको छलफलले १५ मंसिरदेखि गोलाप्रथाबाट इजलास तोक्ने सहमति बनेको छलफलमा सहभागी एक न्यायाधीशले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)