मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल्मुताइरी बेहोस भएको खेलमा नेपाल कुवेतसँग पराजित

ratopati.com

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा नै बेहोस भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)