सहकारी ठगीको फाइल दबाउने, सुन तस्करलाई जोगाउने ज्ञवाली सीआईबीबाट हटाइए
ekantipur.com · Tue Aug 06 23:38:30 UTC 2024

काठमाडौँ — सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट हटाइएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ ।
एक मन्त्रीका अनुसार ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको हो । प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण वज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरुवा गरिएको छ । हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)