मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध दश उजुरी

nayapatrikadaily.com · Sat Dec 09 00:55:00 GMT 2023

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ मध्ये ती न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा दशवटा उजुरी दर्ता भएको छ । न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजिज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको हो । अन्य तीन प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने कुनै उजुरी परेको छैन ।

न्यायपरिषद्ले ५ मंसिरमा सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम प्रस्ताव गरेको थियो । सिफारिसअघि न्यायाधीश सुवेदी उच्च अदालत जनकपुरमा कार्यरत थिइन् भने मुसलमान उच्च अदालत पाटनको हेटौँडा इजलासमा थिए । पौडेल र ढुंगाना उच्च अदालत पाटनमा थिए । सिफारिसमा परेका अन्य दुई कानुन व्यवसायबाट सर्वोच्च आएका हुन् । पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् । समितिले ८ मंसिरमा सूचना निकाल्दै १० दिनभित्र उजुरी आह्वान गरेको थियो । ती उजुरी बिहीबार बिहान ११ बजे खोलिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)