मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली ‘यूटर्न’ अर्थ :  एकताको संकेत कि संकटमोचन कार्ड !

onlinekhabar.com · Fri Jul 23 00:23:18 GMT 2021

८ साउन, काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार शुरु भएको नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक सकिएको छ । चार दिन चलेको बैठकले आन्तरिक एकता कायम गर्न जुटेको दशबुँदे सहमति अनुमोदन, सर्वोच्च अदालतको फैसलाबारे पार्टी निर्णय, अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले गरेको काम र अन्य केही निर्णय समेत गरेको छ ।

तर धेरैले चासो दिएको र बैठक उद्घाटनसँगै शुरु गरिएको कारबाही प्रक्रिया भने फिर्ता लिइएको छ । बरु, पार्टी एकताको प्रयासहरू जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ’, बैठकपछि सञ्चारकर्र्मीहरुसँग कुरा गर्दै ज्ञवालीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)