इरानको आणविक केन्द्रमा कडा निगरानी राख्ने आइएइएको चेतावनी
barnanmedia.com · Fri Jun 26 09:09:06 GMT 2026

मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् । इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले शुक्रबार जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रममाथि प्रभावकारी र विश्वसनीय अनुगमन आवश्यक रहेको बताउनुभयो । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको व्यापक वार्तामा तेहरानको आणविक कार्यक्रम प्रमुख विवादका विषयमध्ये एक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)