मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोडभन्दा धेरै ठगी

nayapatrikadaily.com · Wed Nov 01 00:32:00 GMT 2023

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेल जेल चलान भएकी छिन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् ।

भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना पक्राउ गरेको थियो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएकोमा अदालतले थुनामा पठाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)