संघीय संसद्का दुवै सदनको अधिवेशन भाेलिदेखि
shilapatra.com · Sat May 06 00:35:00 GMT 2023
संघीय संसद्का दुवै सदनको अधिवेशन भाेलिदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ४ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिसकेका छन् । संसद् सचिवालयले पनि सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ । गत वैशाख १५ गते रातिदेखि दुवै सदनको संसद् अधिवेशन अन्त्य भएको थियो ।
बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने बाध्यकारी व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)