मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

nayapatrikadaily.com · Tue Mar 05 00:30:00 GMT 2024

देउवा र नेपाल शीतलनिवास गएनन्, पुराना मन्त्री बिदाइ हुन पाएनन्

नयाँ समीकरण बनेपछि एमाले, माओवादी र रास्वपाबाट तीन मन्त्रीले शपथ लिएका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । सबै मन्त्रालयको कार्यभार हाललाई प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको छ । गिरी पर्वत र तामाङ नुवाकोट– १ बाट निर्वाचित सांसद हुन् । डिपी समानुपातिक सांसद हुन् । तीनैजना पूर्वमन्त्री हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)