मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आचार संहिताको महत्व

rajdhanidaily.com · Thu Oct 20 23:24:41 GMT 2022

प्रतिनिधिसभाको र सात प्रदेशसभाको सदस्यका लागि हुने आमनिर्वाचनको माहोलले गाँउसहरमा ठूलो चहलपहल ल्याएको छ । मन परेको योग्य उम्मेदवार छनोट गर्ने अवसर जनताको हातमा आएको छ । कुन उम्मेदवार, कुन राजनीतिक दल वा कुन स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने घरपरिवार मतदाताबीच छलफल पनि सुरु भएको छ । मनोनयन दर्तापछि जनतालाई आपूmप्रति आर्कषित गर्न उम्मेदवार र राजनीतिक दलको सक्रियता बढेको छ । उम्मेदवार र राजनीतिक दलहरू प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन आयोग पनि निर्वाचनको व्यवस्थापनमा जुटेको छ । सँगै प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आचार संहिता बनाएर जारी गरेको र लागू भइसकेको अवस्थामा पनि सरकार, मन्त्री, राजनीतिक दलका उच्च नेतृत्व तथा उम्मेदवारले उल्लंघन गरेका र आयोगले स्पष्टीकरण सोधेका समाचार आइरहेका छन् ।

आमनिर्वाचनको महायज्ञमा राजनीतिक दल र उम्मेदवार होमिएका छन् । निर्वाचन आफंैमा एक प्रतिस्पर्धात्मक क्रिया हो । जसले मतदातालाई आपूmप्रति आकर्षित गर्न सक्छ, उसैको जित हुने कारण मतदाता आकर्षण उनीहरूका लागि चुनौतीपूर्ण बन्ने गरेको हुन्छ । निर्वाचन वातावरण स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी भएको खण्डमा मात्र मतदाता मतदान केन्द्रसम्म पुगेर मत खसाल्ने सम्भावना बढी हुन्छ । जति धेरै मतदान भयो, त्यति धेरै प्रतिस्पर्धा हुन्छ र निर्वाचनको वैधता पनि । यसकारण, मतदाताका लागि सहज वातावरणमा मतदान गर्ने अवसर बनाउनु सरकार, राजनीतिक दल, निर्वाचन आयोग र आममतदाताको जिम्मेवारी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)