पारिवारिक कलहले ४ को मृत्यु
ekantipur.com · Thu Feb 22 01:00:24 GMT 2024
काठमाडौँ — नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अनिशा श्रेष्ठ र २ वर्षीया सिवाना श्रेष्ठ डेरामै मृत भेटिएका हुन् ।
प्रेमकुमारीका पति ३७ वर्षका राजु भनिने काजी विश्वकर्मा (घिमिरे) भने डेराबाट केही पर ह्वाइट गुम्बाको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)