केपी ओलीको सन्देश : एमालेमा पुनर्मिलनको ढोका बन्द !
onlinekhabar.com · Fri Mar 12 17:09:37 UTC 2021
२८ फागुन, काठमाडौं । पार्टी नेतृत्वले पेलेर जानसक्ने खनाल-नेपाल समूहको आशंकालाई बल पुग्ने गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरु खारेजदेखि दशौं महाधिवेशनको मिति तोक्ने जस्ता महत्वपूर्ण निर्णय एकलौटी रुपमा गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार आफू निकट नेताहरुको बैठक राखेर बाधा अड्काउ फुकाउमार्फत विधान संशोधन गर्दै महासचिव बाहेकका पदाधिकारी खारेज गर्ने, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट नेताहरुको जिम्मेवारी खोस्ने र पार्टीको दशौं महाधिवेशन २-६ मंसिर २०७८ मा गर्ने निर्णय गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)