मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रथम महिला न्यायाधीश पनि सडकमा

ekantipur.com · Fri Nov 26 00:57:36 GMT 2021

काठमाडौँ — बारको अगुवाइमा अन्य सात पेसागत संगठन र बृहत् नागरिक आन्दोलनको पहलमा बिहीबार ‘बालुवाटार न्याय मार्च’ मा नयाँ पुस्ताका जोसिला कानुनकर्मीमात्र होइन, ८६ वर्षीया सत्यभामा माथेमा पनि सहभागी भइन् । माथेमा नेपालकी प्रथम महिला न्यायाधीश हुन् ।

घरमा आराम गरेर बस्ने यो उमेरमा किन सडक आन्दोलनमा ? ‘अदालतमा भ्रष्टाचार बढ्यो, बिचौलिया बढे । मुद्दामा प्रधानन्यायाधीशले नै जथाभावी गर्न थाले भन्ने थाहा पाएपछि आराम गरेर कहाँ बस्न सकिन्छ ?’ उनले प्रतिप्रश्न गरिन्, ‘जनताको आस्थाको केन्द्र सर्वोच्च अदालतलाई यो हालतमा पुर्‍याउने व्यक्तिविरुद्ध बोल्नुपरेन ?’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)