सबै दल एक हुँदै ओलीलाई बिदा गरौँ र राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : गगन
ekagaj.com · Thu May 20 18:01:23 GMT 2021
काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले राष्ट्रपतिलाई तत्काल महाअभियोग लगाउने गरी दलहरूबीच एकता आवश्यक रहेको बताएका छन् । राष्ट्रपतिले दिएको समय सीमा अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्दै राष्ट्रपतिलाई महाअभियोग लगाउन आवश्यक रहेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न भोलि साँझसम्मको २१ घण्टे समय सीमा तोकेपछि युवा नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्नुपर्नेमा राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा यस्तो अवस्था आएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)