मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिले तोक्नुभयो सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम

barnanmedia.com · Thu Aug 08 23:29:15 UTC 2024

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मर्यादाक्रमअनुसार क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहनुभएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)