मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहन्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

ekantipur.com · Thu Mar 09 17:16:21 GMT 2023

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले 'राष्ट्रपति संस्था'ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा आफू सचेत रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भएपछि बिहीबार साँझ आभार वक्तव्य जारी गर्दै पौडेलले संविधानको अक्षर र भावनालाई आत्मसात गर्ने उल्लेख गरेका छन् ।

'राष्ट्रपति संस्था'ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु' पौडेलको वक्तव्यमा छ,' नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।'

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)