काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
barnanmedia.com · Sun May 11 22:42:55 GMT 2025

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन् ।
गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् । गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । लुटमा संलग्न आरोपमा ८ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)