यसरी थपिँदैछ मौलिक शहर बन्दीपुरको चमक, २० वर्षे गुरुयोजना पनि तयार
nepalhomes.com · Mon Oct 10 07:03:02 GMT 2022
बाह्रै महिना शीतल, चिसो हावापानी। आँखै अगाडि सेताम्मे हिमाल। बिहानै झुल्किने घामको पहिलो प्रहर। समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो।
कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रुपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)